गृहपृष्ठ कोरोना संक्रमित तीन लाख ७६ हजारको सफल उपचार (सूचीसहित)

कोरोना संक्रमित तीन लाख ७६ हजारको सफल उपचार (सूचीसहित)

सांकेतिक तस्बिर

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमण भएका तीन लाख ७६ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमित १६ लाखमध्ये तीन लाख ७६ हजार १०९ व्यक्तिको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनको बुहानबाट विश्वभर फैलिएको भाइरस संक्रमणबाट सफल उपचार भएको सबैभन्दा बढी चीनमा छ । अहिलेसम्म चीनमा ७७ हजार ४५५ जनाको सफल उपचार भइसकेको छ । त्यस्तै अमेरिकामा २७ हजार २३९, स्पेनमा ५५ हजार ६६९, इटालीमा ३० हजार ४५५ जनाको सफल उपचार भएको छ ।

त्यस्तै फ्रान्समा २४ हजार ९३२, जर्मनीमा ५३ हजार ९१३, इरानमा ३५ हजार ४६८ जनाको उपचार भएको संगठनले जनाएको छ । त्यस्तै अन्य देशहरुमा पनि हजारौंको संख्यामा उपचार भइरहेको छ ।

(सूचीसहित)

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु