गृहपृष्ठ अमेरिकामा कोरोनाका कारण एकै दिन २०३७ को मृत्यु, संक्रमितको संख्या पाँच लाख नाघ्यो

अमेरिकामा कोरोनाका कारण एकै दिन २०३७ को मृत्यु, संक्रमितको संख्या पाँच लाख नाघ्यो

american_flag

अमेरिकामा एकै दिन ज्यान गुमाउनेको संख्या दुई हजार ३७ जनाको ज्यान गएको छ । आइतबार बिहानसम्म अमेरिकामा नयाँ संक्रमण पनि अत्याधिक बढेको छ । गएको २४ घण्टामै त्यहाँ ३३ हजार ४८३ जनामा नयाँ संक्रमण देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म अमेरिकामा पाँच लाख दुई हजार ४९ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या १८ हजार ७१९ पुगेको छ । ज्यान गुमाउनेमा अमेरिका इटाली पछिकै दोस्रो मुलकको सूचीमा देखा परेको छ । इटालीमा अहिलेसम्म १८ हजार ८४९ जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म अमेरिकामा २७ हजार २३९ जनालाई सञ्चो भइसकेको छ । अझै अमेरिकामा १० हजार ९१६ जनाको अवस्था गम्भीर देखिएको छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु