गृहपृष्ठ अमेरिकामा कोरोना : प्रत्येक दिन दुई हजारभन्दा बढीको मृत्यु
अमेरिकामा कोरोना : प्रत्येक दिन दुई हजारभन्दा बढीको मृत्यु
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या दिनहुँ दुई हजारभन्दा बढी पुग्ने गरेको छ ।
चीनबाट विश्वभर फैलिएको भाइरसले पछिल्लो केही समययता अमेरिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । शुक्रबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजाार ६१७ पुगेको छ । प्रत्येक दिन दुई हजार बढीजसो ज्यान गुमाइरहेको अमेरिकामा गएको २४ घण्टामा दुई हजार १७४ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म अमेरिकामा छ लाख ७७ हजार ५७० जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामै २९ हजार ५६७ जनामा नयाँ संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै ५७ हजार ५०८ जनाको सफल उपचार भएको छ ।
प्रकाशित समय ०७:३८ बजे

















