गृहपृष्ठ स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै
स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै
स्पेनमा खेल्दै गरेका बालबालिका
कोरोना भाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २८८ मानिसहरूको मृत्यु भयो । जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो । शनिवार त्यहाँ ३७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १९० जनाको मृत्यु भइसकेको जनाएको छ ।
बालबालिकालाई राहत
अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सय भन्दा कम मानिसहरूको मृत्यु भएको जनाएका छन् ।
यसले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको उनीहरूको भनाइ छ । छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन् ।
लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ । (बीबीसीबाट)
प्रकाशित समय १०:१३ बजे

















