गृहपृष्ठ भारतले ल्यायो २ खर्ब ६६ अर्ब डलर बराबरको पुनरुत्थान प्याकेज

भारतले ल्यायो २ खर्ब ६६ अर्ब डलर बराबरको पुनरुत्थान प्याकेज

भारतले २ खर्ब ६६ अर्ब डलरको बराबरको पुनरुत्थान प्याकेज ल्याएको छ । यो भारतको कूल गार्हस्थ्य उत्पादन(जीडीपी) को १० प्रतिशत हो ।

मंगलबार राति प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै सो प्याकेज घोषणा गरेका हुन् । उनले यसै महिना १८ मे देखि लागू हुनेगरी कोरोना संकटसँग जुध्न विशेष आर्थिक प्याकेज घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउनपछि पाँचौं पटक देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशको अर्थव्यवस्थालाई गति दिन र कोरोना संकटसँग जुध्नका लागि ‘आत्मनिर्भर भारत’ को अभियानसहित प्याकेज घोषणा गरेका हुन् ।

यो एकीकृत प्याकेज भने होइन । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया फेब्रुअरीदेखि मार्चसम्म घोषणा गरेका नगद प्रवाह बढाउने योजनाहरू तथा यसअघि नै वित्तमन्त्री निर्मल सीथारमणद्वारा घोषित १.७ लाख करोड भारुको आर्थिक उद्धार प्याकेजका एकीकृत रुप हो ।

यसबारे पछि वित्तमन्त्रीले थप घोषणा गर्ने मोदीले बताए ।

प्रकाशित समय ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु