गृहपृष्ठ इन्डोनेसियामा डुंगा दुर्घटना, कम्तीमा १० जना बेपत्ता

इन्डोनेसियामा डुंगा दुर्घटना, कम्तीमा १० जना बेपत्ता

boat-accident-spain सांकेतिक तस्बिर

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुंगा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका बताइएको छ । शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् ।

डुंगा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखीनजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए । हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजी कार्य जारी रहेको प्रवक्ता लाटिफले बताए । घटनास्थलबाट अन्य छ जनालाई सकुशल उद्धार गरिएको थियो ।

इनडोनेसियामा पूराना डुंगा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन् ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु