गृहपृष्ठ ३३१ जना संक्रमित थपिए
३३१ जना संक्रमित थपिए
नेपालमा गएको २४ घण्टाभित्र ७ हजार ४१६ नमुनाको पीसीआर परीक्षण गरिएको छ । सो क्रममा ३३१ जनामा कोरोना संक्रमण भेटिएका छन् । यस अवधिमा १७६ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार अब नेपालमा कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले संक्रमितमध्ये महिला ७५६ र पुरुष ७ हजार ८४९ जना जानकारी दिए । आज थपिएकामा ४९ महिला र पुरुष २८२ जना रहेका छन् ।
अहिलेसम्म संक्रमितमध्ये १ हजार ५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २२ जनाको भने कोरोनाका कारण मृत्यु भएको छ ।
प्रकाशित समय १६:२६ बजे

















