गृहपृष्ठ भारत-चीन बीचको नयाँ सहमतिले तनाव कम हुने अपेक्षा
भारत-चीन बीचको नयाँ सहमतिले तनाव कम हुने अपेक्षा
फाइल तस्बिर ।
विवादित सीमा क्षेत्रबाट आ-आफ्ना सेना फिर्ता गर्ने विषयमा भारत र चीनबीच सहमति भएको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना पछि हट्ने विषयमा सहमति भएको विभिन्न भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले भारत र चीन दुवै देशले विवाद अन्त्यका लागि सहमति गरेको बताएका छन् । उनले भारतीय सेनाको आक्रमणबाट आफ्ना सैनिक मारिएको भन्ने दावी झुटो भएको टिप्पणी गरेका छन् ।
मे महिनादेखि गलवान उपत्यका र पाङगोङ तालको स्वामित्वका विषयमा दुवै देशका सैनिकबीच पटक-पटक झडप भएको थियो । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक कर्णेलसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।
सीमावर्ती क्षेत्र माल्दोमा लेफ्टिनेन्ट जनरल तहमा हिजो लगातार ११ घण्टा चलेको दुईपक्षीय वार्तापछि सो सहमति जुटेको बताइएको छ । पछिल्लो सहमतिसँगै तत्कालका लागि भारत र चीनबीचको तनाव कम हुने अनुमान गरिएको छ ।
प्रकाशित समय २०:२७ बजे

















