गृहपृष्ठ काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य
काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य
उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा अनिवार्य राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले परिपत्र गरेको छ । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी निर्देशन दिएको हो ।
पछिल्लोसमय घरधनीले पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहमा पत्र पठाएको थियो ।
गृहको परिपत्र :

प्रकाशित समय २०:४७ बजे

















