गृहपृष्ठ म्यानमारमा भीषण पहिरो, सयौंको मृत्यु
म्यानमारमा भीषण पहिरो, सयौंको मृत्यु
प्रभावित क्षेत्रमा उद्धार कार्य (तस्बिर : एजेन्सी)
म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भीषण पहिरोमा परी कम्तीमा एक सय व्यक्तिको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताइएका छन् । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भीषण पहिरो खसेको हो ।
खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशंका गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ । सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो ।

बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको म्यानमार प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:०७ बजे

















