गृहपृष्ठ लकडाउन विरोधी राष्ट्रपति, अन्तत: उनलाई पनि कोरोना संक्रमण
लकडाउन विरोधी राष्ट्रपति, अन्तत: उनलाई पनि कोरोना संक्रमण
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो कोरोना भाइरसबाट संक्रमित भएका छन् । ज्वरोसहितको लक्षण देखिएपछि सोमबार परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।
बोल्सोनारुले पटक-पटक साधारण फ्लु भन्दै कोरोना भाइरसको गम्भीरतालाई कम आँक्दै आएका थिए । यसअघि पनि तीनपटक बोल्सोनारुको परीक्षण गरिएको थियो । त्यसबेला उनमा संक्रमण पुष्टि भएको थिएन ।
रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर असर नगर्ने बताउँदै आएका थिए । उनले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन् । त्यस्तै उनले ज्वरो कम भइरहेको र आफूले ठीकै महसुस गरिरहेको पनि बताएका थिए ।
आइतबारदेखि ज्वरो र खोकीसहित बिरामी भएको महसुस गरेको पनि उनले बताएका थिए । सोमवार थप असहज भएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । ६५ वर्षीय बोल्सोनारो उमेरका कारण जोखिम समूहमा पर्छन् ।
प्रकाशित समय १२:०२ बजे

















