गृहपृष्ठ अजरबैजान-आर्मेनिया सीमा विवाद : पुन: भिडन्त, कम्तीमा १६ जनाको मृत्यु
अजरबैजान-आर्मेनिया सीमा विवाद : पुन: भिडन्त, कम्तीमा १६ जनाको मृत्यु
तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य-एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरुले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् ।
दुवै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौंदेखि विवाद कायम छ ।गत आइतबारदेखि भड्किएको भिडन्तका कारण दुवैतर्फ कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
नागोर्नी काराबाख क्षेत्रलाई सन् १९९० को दशकमा भएको युद्धमा आर्मेनियाली पृथकतावादीलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यस युद्धमा करिब ३० हजारको ज्यान गएको थियो । तर काराबाखको उत्तरी सीमाक्षेत्रमा भिडन्त सुरु भएको हो ।
अजरबैजानका सेनाले आर्मेनियाली गाउँहरुमा बम हमला गरेका आर्मेनियाका रक्षा मन्त्रालयकी प्रवक्ता सुशान स्टेपानयानले बिहीबार जानकारी दिइन् । उनले अजरबैजानले हमला जारी राखेको बताइन् । आर्मेनियाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी आर्मेनियाली सेनाले अजरबैजानका गाउँहरुमा ठुल्ठूला हतियारको प्रयोग गरी हमला गरिरहेको जनाएको छ । बुधबार केही मत्थर भएको भिडन्त पुनः बिहीबार सुरु भएको थियो ।
गत सातादेखि पुनः सुरु भएको भिडन्तले रणनीतिक महत्वको ककेसस क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियाले दुवै पक्षलाई शान्ति कायम गर्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय मध्यस्थतामा दुई ककेसस मुलुकहरु बीचको शान्ति वार्ता भएपनि दुबै मुलुकबीच भूमि विवाद जारी छ । ऊर्जाको धनी राष्ट्र अजरबैजानले काराबाख क्षेत्रलाई सैन्य बलको प्रयोग गरी नियन्त्रण कायम गर्ने धम्की दिइरहेको छ ।
आर्मेनियाले भने कुनै पनि किसिमको सैन्य आक्रमणलाई परास्त गरिछाड्ने बताइरहेको छ ।
प्रकाशित समय १५:१३ बजे

















