गृहपृष्ठ भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध
भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध
भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
कोरोना भाइरसजस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशमा मृत वा जीवित कुनै पनि वन्यजन्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।
प्रतिबन्धमा पंक्षीका फुल र लार्भासमेत समावेश हुनेछन् । आदेशमा यदि आदेशको उल्लङ्घन गरेको भेटिएमा वन्यजन्तु व्यापारमा सम्लग्नलाई अपराध कानुन बमोजिम कडा सजाय हुने बताइएको छ । भियतनाम वन्यजन्तु उत्पादनहरूका लागि लोकप्रिय गन्तव्य हो ।
प्रायजसो लोपोन्मुख प्रजातिहरूको परम्परागत चिकित्सा वा विदेशी खाना तयार गर्नका लागि भियतनामले वन्यजन्तुको ठूलो मात्रामा आयात गर्ने गरेको छ । विश्वले कोभिड–१९ विरूद्धको लडाई लडिरहेका समय जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग नियन्त्रणका लागि यो कदम लिइएको अधिकारीहरूले बताएका छन् ।
‘ह्युमानु सोसाइटी इन्टरनेशनल’ भियतनामका कन्ट्री निर्देशक फुंग थामले सरकारी निर्णयबारे भने, भियतनामका केही स्थानमा वन्यजन्तु बजारका कारण ठूलो समस्या रहेको छ ।
‘वन्यजन्तुहरूबाट तयार हुने खानाप्रति यस्तो तीव्र वासना केवल यी प्रजातिहरूको अस्तित्व नै खतरामा पार्ने मात्र छैन । यसले कोरोनाभाइरसको प्रकोपलाई थप जटिल बनाउन सहयोगी देखेर सरकारले यो निर्णय गरेको छ । त्यसैले यो प्रतिबन्ध छिट्टै फुकुवा हुन सक्दैन,’ थामले भने ।
‘नयाँ निर्देशन र वन्यजन्तुको आयात अन्त्य गर्ने कामले जंगली जीवनको संरक्षणवादीहरूले वर्षौंदेखि घरेलु बजारमाथिको प्रतिबन्ध लगाउन गरेका सिफारिसहरूको प्रतिफल हो,’ स्टिभ गाल्स्टरले भने ।
उनले कोभिड–१९ को महामारीका कारण हजारौँ संक्रमित बने पनि महामारी रोक्ने एक उपायस्वरूप वन्यजन्तुको आयात तथा व्यापारमा सरकारले लगाएको प्रतिबन्ध एउटा राम्रो सुरूवात भएको र आगामी दिनमा यसले थप गति लिने विश्वास व्यक्त गरे ।
उनले थपे, ‘निर्देशन पूर्ण छैन किनकि अझै पनि अपवादमा जंगली जनावरहरुको व्यापार जारी गर्न को लागि अनुमति दिनेछ, तर यो एक राम्रो सुरूवात हो र आशा छ कि समयसँगै थप मजबूत बन्नेछ ।’
प्रकाशित समय ०७:४१ बजे

















