गृहपृष्ठ डुंगा डुब्दा बंगलादेशमा कम्तीमा १७ को मृत्यु
डुंगा डुब्दा बंगलादेशमा कम्तीमा १७ को मृत्यु
बंगलादेशमा बुधबार भएको डुंगा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ ।
देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् । ‘दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ,’ जिल्लाका एक जना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने ।
उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुंगा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिए । दुर्घटनामा परेको डुंगामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए । (एजेन्सी)
प्रकाशित समय ०९:५३ बजे

















