गृहपृष्ठ कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।
‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्वराष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ ।
गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस संकमण भएको ट्वीटरमार्फत बताएका थिए । केही दिनयता आफू सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना परिक्षण गराउन र अलग्ग बस्नको लागि समेत उनले आग्रह गरेका थिए ।
प्रकाशित समय १८:५८ बजे

















