गृहपृष्ठ चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता
चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरूबीच वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारीका बारेमा कुराकानी भएको थियो ।
पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा छन् । उनी चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहेको पनि सो पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरुबीच कोरोनाभाइरस महामारीका अतिरिक्त चीन-पाकिस्तान द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ ।
चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्विपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन गएका हुन् ।उनीहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत भएको बताइएको छ ।
उनीहरुबीच कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । (रासस)
प्रकाशित समय १७:०७ बजे

















