गृहपृष्ठ दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ ।
युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहेका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।
साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उनीहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो ।
त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उनीहरुले कुराकानी गरेको जनाएको छ । दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गरेका थिए ।
उनीहरुले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गरेका छन् ।
प्रकाशित समय १४:०० बजे

















