गृहपृष्ठ संसार हल्लाउने यी १० तस्बिरको यस्तो छ वास्तविकता
संसार हल्लाउने यी १० तस्बिरको यस्तो छ वास्तविकता
संसारलाई नै हल्लाइदिएका यी तस्बिरहरूको रहस्य भने आम मानिसले सोचेभन्दा फरक हुनसक्छ । विभिन्न कालखण्डमा लिइएका यी तस्बिरले मानव जातिलाई नैतिकताको पाठ पनि सिकाएको छ । बर्बरता, क्रुरता, बाध्यताका विम्व झल्किने तस्बिरहरूमा इतिहासका ‘बिर्सनलायक’ पाटोहरू समेटिएका छन् ।
१. डस्ट लेडी (धूलोले ढाकिएकी महिला)

यो तस्बिर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा ११ सेप्टेम्बर २००१ मा लिइएको हो । अलकायदाले गराएको हमलाको बेलामा देखिएकी ‘मिहला म्यार्सी बोर्डर्स’ नाम गरेकी यी महिला आतंकवाद विरुद्धको लडाईंको प्रतीक नै बनिन् । उनलाई ‘डस्ट लेडी’ भन्न थालियो । हमलाका कारण उनी पेटको क्यान्सरको सिकार भइन् । २६ अगस्ट २०१५ मा उनको मृत्यु भयो ।
२.नेपामका बालबालिका

दक्षिणी भियतनामी गाउँ नेपाममा भएको बम हमलापछि ज्यान बचाउन भाग्दै गरेका यी बालबालिकाहरुको तस्बिरले संसारको ध्यान तानेको थियो । भाग्दै गरेकी एक नौ वर्षीया बालिका बमको लप्काले भेटेर जल्दै गरेको आफ्नो कपडा नै फालेर रुँदै दौडिएकी थिइन् ।
तस्बिरमा देखिएकी यी बालिका अहिले क्यानडामा सकुशल भएको सीएनएनले उल्लेख गरेको छ । यो तस्बिरले भियतनाम युद्धप्रति पश्चिमी जनमानसको सोच नै बदलिदियो । फोटोग्राफर निकउ उटलाई यही फोटोका लागि पुलित्जर अवार्डबाट सम्मानित गरिएको थियो ।
३. तारबार फाँड्दै गरेका सैनिक

अगष्ट १९६१ बर्लिनको पर्खाल बन्न सुरु हुनुभन्दा तीन दिनअघि यी सैनिक पूर्वी जर्मनीबाट भागेर पश्चिमी जर्मनीतर्फ जाँदै थिए । आफ्नो ज्यान नै जोखिममा पारेर तारबार नाघ्दै सैनिक गरेका सैनिकको फोटोग्राफर पिटर लाइबिङले त्यो पलको तस्बिर आफ्नो क्यामेरामा कैद गरे ।
यो तस्बिर चर्चामा आएपछि ‘हंस कोनराड शूमन’ नाम गरेका सैनिक डिप्रेशनको सिकार भए । अन्तिममा उनले आत्महत्या गरेका थिए ।
४. सुडानको भोकमरी

सुडानमा भोकमरीबाट अतिप्रभावित एक बालक, जसलाई खानका लागि गिद्ध उसको मृत्यु कुरिरहेको छ । त्यसै क्रममा दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले यो तस्बिर खिचे ।
केभिनको यो तस्बिरले संसारभर चर्चा पायो । ‘यसरी तस्बिर खिच्दासम्म एक छाक खाना त मैले पनि खुवाउन सक्थेँ’ भनेर फोटोग्राफर कार्टर आफैंलाई आत्मग्लानि भयो र पछि उनले आत्महत्या गरे । यो तस्बिरलाई संसारकै सबैभन्दा चर्चित तस्बिर मानिन्छ ।
५. ट्यांक म्यान

चीनको यो तस्बिर ५ जुन १९८९ मा खिचिएको हो । सैन्य ट्यांकलाई रोक्ने कोशिस गर्दै गरेका यी व्यक्तिको तस्बिर संसारभर भाइरल बनेको थियो । ४ जुनका दिन यही स्थानमा चिनियाँ सैनिकले ट्यांकरको सहायतामा प्रदर्शनकारीहरुलाई बर्बरतापूर्ण ढंगले कुल्चिएका थिए । यो घटनालाई चीनको तियानमेन चोकमा भएको नरसंहारको प्रतिक मानिन्छ । यो तस्बिर जेफ विडनरले खिचेका हुन् । त्यसपछि यी व्यक्तिलाई तत्काल गिरफ्तार गरियो । अहिलेसम्म उनको कुनै पत्तो छैन ।
६. सिरियन बालक
सन् २०१५ मा टर्कीको बोडरम समुन्द्र तटमा भेटिएको तीन वर्षीय बालक ‘एलन कुर्दी’को शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सारा विश्वलाई भावुक बनायो । सिरियाको गृहयुद्धबाट ज्यान जोगाएर एलनका बाबुआमा बच्चासहित युरोपमा शरण लिनका लागि हिँडेका थिए । तर, उनीहरु चढेको डुंगा समुन्द्रमा डुब्यो । जसमा आमा र छोराको मृत्यु भयो । बाबु अब्दुल्ला मात्रै ज्यान जोगाउन सफल भए । एलनका पिता अब्दुल्ला हाल इराकको इरबी सहरमा बसिरहेका छन् ।

टर्कीको एक अदालतले ३ वर्षीय सिरियाली शरणार्थी बालकको मृत्युमा दोषी ठहर गर्दै तीन जनालाई जनही १२५ वर्षको जेल सजाय सुनाएको थियो । टर्कीको सेनाले तीनै जनालाई पक्राउ गरिसकेको छ ।
७. बेन ओनेजर्गको मृत्यु
२ जुन १९६७ मा जर्मनीमा इरानी राजाको राजकीय भ्रमणप्रति विरोध गरिरहेका नागरिकहरुमाथि प्रहरीले अन्धाधुन्द बल प्रयोग गर्यो । त्यसै क्रममा एक सैनिकले जर्मन छात्र ‘बेनो ओनेजर्ग’लाई गोली प्रहार गरिदिए ।

उनको मृत्युपछि जर्मनीमा बाम आन्दोलन निकै चर्कियो । सो घटना हुँदा ओनेजर्गकी पत्नी गर्भवती थिइन् । यो घटनाको तस्बिरले पनि विश्वभरका सञ्चारमाध्यममा स्थान पाएको थियो । त्यसपछि जर्मनी सरकार विश्वभर आलोचित बन्यो ।
८. केनेडीको हत्या

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको डलास सहरमा हत्या भयो । केनेडीको हत्या उनकै सरकारी कारमा भएको थियो । अब्राहम ज्यार्पूडर केनेडीको सवारीको भिडियो खिचिरहेका थिए । सोही अवधिमै राष्ट्रपतिको टाउकोमा गोली लाग्यो । उनी यो तस्बिर सार्वजनिक गर्न चाहँदैन थिए । तर, सार्वजनिक भइछाड्यो । यो तस्बिरलाई विश्वभर करोडौं जनताले हेरेका छन् ।
९. म्यूनिख नरसंहार

सन १९७२ को ओलम्पिक खेलका दौरान जर्मनीको म्यूनिखमा इजरायली ओलम्पिक टिमका ११ सदस्यलाई बन्धक बनाइयो । पछि उनीहरुको हत्या भयो । आतंकवादी फलिस्तानी संगठन ब्ल्याक सेप्टेम्बरसँग आवद्ध थिए । यो तस्बिर बालकोनीबाट तल झर्दै गरेको एक आतंकवादीको हो ।
१०. अफगानी बालिका
‘स्टिभ म्याकरी’ नाम गरेकी यी बालिकाको यो तस्बिर १९८५ मा नेशनल जियोग्राफिकमा प्रकाशित भएको थियो । यो तस्बिर अफगानिस्तानमाथि सोभियन संघले गरेको हमला र शरणार्थी संकटको प्रतीक बन्न पुग्यो ।

शबरत गुला नामकी यी बालिकालाई पछि २००२ मा खोजियो । उनी युवती भइसकेकी थिइन् । तर, आफ्नो यस्तो विश्व चर्चित तस्बिरबारे उनी स्वयं अनभिज्ञ थिइन् ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित समय १६:२३ बजे

















