गृहपृष्ठ इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

फाइल तस्बिर ।

इरान र रसियाबीच तेहरानमा कोभिड- १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध-सरकारी समाचार संस्थाले जानकारी गराएको छ ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ ।

उक्त अबसरमा इरानी राजदूतले ‘कोभिड- १९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए । जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।

दिमित्रीभले दुई देशबीच कोभिड- १९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड -१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु