गृहपृष्ठ हुम्लाका अग्निपीडितलाई प्रदेश सरकारको राहत

हुम्लाका अग्निपीडितलाई प्रदेश सरकारको राहत

आगलागीबाट क्षतिग्रस्त घरहरू ।

हुम्लाको सर्केगाड- ७, ठूला गाउँका अग्निपीडितलाई कर्णाली प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री दल रावलको गृह जिल्लासमेत रहेको हुम्लाका अग्निपीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री उपलब्ध गराएको हो ।

आगलागी भएको चार दिनपछि मन्त्री रावलले स्थलगत अवलोकनसमेत गरेका छन् । प्रदेश सरकार पीडितहरुकै साथमा भएकाले चिन्ता नलिन मन्त्री रावलले आग्रह गरेका छन् । ‘सुख र दुःखमा साथ दिनकै लागि हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराएकाले तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला,’ मन्त्री रावलले भने ।

मन्त्री रावलले त्रिपाल २० थान, कम्बल एकसय थान, म्याट ८० थान, हाइजिन किट २५ थान, प्लाष्टिक बाल्टी र जग २५/२५ थान, भाडा सेट सात थान, चामल ४० बोरा, दाल एकसय केजी, नुन ५० केजी र कपडा ४६ थान पीडितका लागि उपलब्ध गराएका हुन् ।

बुधबार साँझ स्थानीय जोखे जैशीको घरबाट सुुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षति भएको छ । तत्काल खान र बस्न समस्या भएकाहरुका लागि स्थानीय सर्केगाड गाउँपालिकाले बिहीबार प्रतिघर १२ हजारको दरले राहत वितरण गरेको १ नम्बर वडाका वडाध्यक्ष गोकुल बुढाले बताए ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु