गृहपृष्ठ नेपालमा रेल आएकै दिन बिहारमा ‘कोसी रेल महासेतु’उद्घाटन
नेपालमा रेल आएकै दिन बिहारमा ‘कोसी रेल महासेतु’उद्घाटन
नयाँ डिजेल इन्जिनसहित जनकपुर-जयनगर रेलको पहिलो परीक्षण नेपाल आइपुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपाल सीमा नजिकै बिहारमा ‘कोसी रेल महासेतु’ को अनलाइनबाट उद्घाटन गरेका छन् ।
करिब २ किलोमिटर लामो यो पुलले बिहारका निर्मली र सरायगढलाई जोड्ने छ । यो पुल १९९० सालका भूकम्पमा भत्किएपछि यी दुई स्थानबीचको सम्पर्क बिच्छेद भएको थियो ।
अहिले बिहारका मिथिला र कोसी क्षेत्रका बासिन्दाले ३०० किलोमिटर लामो यात्रा गर्नु परेकोमा सन् २००३ बाट बनाउन थालिएको यो पुल सञ्चालनमा आएपछि यो दूरी २२ किलोमिटरमा खुम्चिएको भारतीय प्रधानमन्त्री मोदीले बताए ।
यो पुलले बिहारका दुई हिस्सामात्र नजोडी उत्तरी-पूर्वी भारतदेखि नेपाललाई समेत लाभ हुने भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । (भारतीय सञ्चारमाध्यमहरूका सहयोगमा)
प्रकाशित समय १८:५४ बजे

















