गृहपृष्ठ अर्मेनियाले गरेको मिसाइल आक्रमणबाट अजरबैजानमा १२ सर्वसाधारणको मृत्यु, दर्जनौं घाइते

अर्मेनियाले गरेको मिसाइल आक्रमणबाट अजरबैजानमा १२ सर्वसाधारणको मृत्यु, दर्जनौं घाइते

अर्मेनियाले गरेको मिसाइल आक्रमणबाट अजरबैजानमा १२ जना सर्वसाधारणको मृत्यु भएकाे छ ।  आक्रमणमा परेर ४० भन्दा बढी घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको साे आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् ।

एक अपार्टमेन्टमा भएकाे आक्रमणबाट सो मानवीय क्षति भएकाे समाचारमा उल्लेख छ । अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् । साथै उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका छन् ।

अर्मेनिया र अजरबैजानबीच नागोर्नो-काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । सेप्टेम्बर २७ यता अर्मेनियाले अजरबैजानी सुरक्षा फौज र सर्वसाधारणप्रति लक्षित आक्रमण गरिरहेको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु