गृहपृष्ठ अमेरिकी कम्पनीले ताइवानलाई हतियार बेचेपछि चीन क्रुद्ध

अमेरिकी कम्पनीले ताइवानलाई हतियार बेचेपछि चीन क्रुद्ध

अमेरिकी कम्पनी बोइङको रक्षा सामग्री उत्पादक सहायक कम्पनी लकहीड मार्टिनसहितका कम्पनीले ताइवानलाई हतियार बिक्री गरेपछि चीनले कडा प्रतिक्रिया जनाएको छ ।

चीनले लकहीड मार्टिनसहितका अमेरिकी कम्पनीहरूलाई बेइजिङले प्रतिबन्ध लगाउने बताएको छ। ताइवानलाई चीनले आफ्नो भूभाग मान्दै आएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले राइथियोनसहित दुई अमेरिकी ठूला कम्पनीहरू ताइवानलाई करिब २ अर्ब अमेरिकी डलरको मिसाइलको बिक्रीमा संलग्न थिए भएको भन्दै अमेरिकालाई त्यहाँ हतियार बिक्री रोक्न आग्रह गरे।

ताइवानको विषयमा प्रविधि, सुरक्षा र व्यापार वर्चस्वका लागि अमेरिका र चीनबीच द्वन्द्वको सम्भावना बढाउँदै लगेको छ । (एजेन्सी)

 

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु