गृहपृष्ठ यूईएफए च्याम्पियन्स लिग : लगातार जित्दै बार्सिलोना
यूईएफए च्याम्पियन्स लिग : लगातार जित्दै बार्सिलोना
बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेकाे छ । पछिल्लाे खेलमा बार्साले डीनामो किएभलाई २-१ को गोलअन्तरले पराजित गरेकाे हाे । पहिलो खेलमा फेरेन्कभारोसलाई पराजित गरेको बार्साले दोस्रो खेलमा युभेन्टसमाथि विजय हासिल गरेको थियो ।
खेलको चौथो मिनेटमा कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा बार्साले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र डेनिस पोपोभले मेस्सीलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए ।दोस्रो हाफको ६५औं मिनेटमा बार्साले अग्रता दोब्बर पार्न सफल भया । अन्सु फातीको क्रसमा जेरार्ड पिकेले हेडरमार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । ७५औं मिनेटमा घरेलु टोली किएभले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । भिक्टर सिगन्कोभको प्रहार गोलरक्षक टेर स्टेगनले बचाउन सकेनन् ।
यो जितसँगै बार्सिलोना शतप्रतिशत जितको नतिजा कायम राख्न सफल भयाे । ३ खेलमा ९ अंकसहित बार्सा शीर्षस्थानमा छ । दोस्रो स्थानको युभेन्टसको ६ अंक तथा डिनामो किएभ र फेरेन्कभारोसले १-१ अंक जाेडेका छन् ।

प्रकाशित समय १६:३१ बजे

















