गृहपृष्ठ गाजाबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार
गाजाबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार
गाजा स्ट्रिपबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्विटमा गाजा तर्फबाट इजरायलमा बिहान सबेरै दुईवटा रकेट प्रहार गरिएको भनिएको छ ।
इजरायलको दक्षिणी सहर आसदोद र दक्षिणतर्फकै अर्को सहर सेफला क्षेत्रमा ती दुईवटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले ट्विट गरेर जानकारी दिएको हो । सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन ।
इजरायलको सो डिफेन्स फोर्स्ले आइतबार बिहान सबेरै हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ । सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्विटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ । (रासस)
(यसअघि असावधानीवश गलत तस्बिर सम्प्रेषण हुन गएकोमा सच्याइएको छ । -सम्पादक)
प्रकाशित समय १४:३७ बजे

















