गृहपृष्ठ फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

फाइल तस्बिर

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको हो। यसै हप्ता आँधीसँगै आएको बाढी र पहिरोका कारण १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् । (एजेन्सी)

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु