गृहपृष्ठ बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, ६ हजारभन्दा बढीको मृत्यु

बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, ६ हजारभन्दा बढीको मृत्यु

बंगलादेशमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दै गएको बताइएको छ ।

बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका छन् । बंगलादेशमा सुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका हुन् ।

बंगलादेशमा अहिलेसम्म ४ लाख ३२ हजार संक्रमित भएका छन् । हालसम्म कोरोनाबाट ३ लाख ४९ हजार जना संक्रमित निको भएका छन् भने ६ हजारभन्दा बढीले ज्या गुमाएका छन् ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ । बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको बताएका छन् ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु