गृहपृष्ठ भारतको एक अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु

भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा पाँच कोभिड १९ संक्रमितको मृत्यु भएको छ । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

जलेर घाइते भएका अन्य ६ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनलाई उद्धृत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालमा उपचाररत २२ जना बिरामीलाई सुरक्षित अन्य अस्पतालमा लगिएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । यद्यपि अस्पतालको उक्त कक्षमा विद्युत चुहावट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको छ ।

प्रकाशित समय २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु