गृहपृष्ठ एनएमबी बैंकको नयाँ शाखा बुटवलको देवीनगरमा
एनएमबी बैंकको नयाँ शाखा बुटवलको देवीनगरमा
एनएमबी बैंकले बुटवलको देवीनगरमा नयाँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन भर्चुअल रुपमा गरिएको छ । कोभिड १९ का कारण भौतिक दूरी र स्वास्थ्य सुरक्षाका सम्भव उपाय अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यले भर्चुअल रुपमा उद्घाटन कार्यक्रममा उपस्थित भएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले जानकारी दिए । यससँगै लुम्बिनी प्रदेशमा बैंकका शाखा संख्या २८ पुगेका छन् ।
बैंकले देशभरका १७३ शाखा, ८ विस्तारित काउन्टर र १३५ एटीएम काउन्टर, १० हजार ४१६ क्यूआर र ४३४ भन्दा बढी पीएसओ मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय २०:२० बजे

















