गृहपृष्ठ बाइडेनद्वारा ह्वाइटहाउसको सञ्चार टोलीका सदस्यमा सबै महिलाहरु नियुक्त

बाइडेनद्वारा ह्वाइटहाउसको सञ्चार टोलीका सदस्यमा सबै महिलाहरु नियुक्त

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । उनीहरू सबै योग्य, अनुभवी सञ्चार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन् ।

बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन् । बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उपप्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी छन् । उनले ह्वाइट हाउसको सञ्चार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकामा बाइडेन र ह्यारिस दुवैलाई धन्यवाद दिएकी छन् । (रासस)

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु