गृहपृष्ठ बाइडेनको खुट्टा मर्कियो, केही हप्ता सहयोगी आवश्यक पर्नसक्ने

बाइडेनको खुट्टा मर्कियो, केही हप्ता सहयोगी आवश्यक पर्नसक्ने

कुकुरसँग बाइडेन (फाइल तस्बिर) ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।बाइडेनका चिकित्सक केभिन ओ-कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स-रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा. केभिनले जानकारी दिए ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि-सानो दुःखाई पनि जटिल हुन सक्दछ । बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको सपथ लिँदैछन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन् ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन् । बाइडेन परिवारमा २ वटा कुकुर छन् र दुवैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् । (रासस)

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु