गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

मुक्तिनाथ विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय भवन निर्माणको लागि भूमि पूजा तथा भवनको शिलान्यास गरिएको छ । सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको शिलन्यास गरेका हुन् । बैंकको भवन काठमाडाैं महानगरपालिका- ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा बन्न लागेको हो ।

छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने बैंकले विश्वास लिएको छ । साथै बैंकको केन्द्रीय कार्यालयले पनि स्थायित्व पाउने छ ।

मुक्तिनाथ बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । हाल विकास बैंकको १३८ वटा शाखा रहेका छन् ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु