गृहपृष्ठ बंगलादेशमा १६ सय रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो

बंगलादेशमा १६ सय रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो

बंगलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजनाअन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो ।

उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बंगलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो । सन् २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बंगलादेश र अन्य एसियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब आठ लाख शरणार्थी बंगलादेशमा रहेको उल्लेख गरिएको छ ।

बंगलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारका् दवावपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ । उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ । (एजेन्सी)

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु