गृहपृष्ठ विश्वका ७ करोड २१ लाख जनसंख्यामा पुग्यो कोरोना संक्रमण, १६ लाखले ज्यान गुमाए
विश्वका ७ करोड २१ लाख जनसंख्यामा पुग्यो कोरोना संक्रमण, १६ लाखले ज्यान गुमाए
विश्वभर ७ करोड २१ लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । बितेका २४ घण्टामा मात्रै ६ लाख ३८ हजार ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ करोड २१ लाख ९ हजार ८८४ जना पुगेको छ ।
कोरोना भाइरसबाट विश्वभर १६ लाख ११ हजार ६३७ जनाले ज्यान गुमाएका छन् भने ५ करोड ४ लाख ९२ हजार ८७१ जना संक्रमणमुक्त भइसकेका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड ५ हजार ३७६ रहेको छ । जसमध्ये १ लाख ६ हजार ८२९ जना गम्भीर छन् ।
सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा हालसम्म ३ लाख ५ हजार ८२ जनाले ज्यान गुमाएका छन् भने १ करोड ६५ लाख ४९ हजार ३६६ जना संक्रमित छन् । त्यस्तै अमेरिकामा हालसम्म ९६ लाख ४४ हजार ३२५ जना निको भएका छन् । कोरोनाभाइरस बढी प्रभावित दोस्रो राष्ट्र भारतमा हालसम्म ९८ लाख ५७ हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ४३ हजार ५५ जनाको ज्यान गएको छ ।
त्यस्तै भारतमा ९३ लाख ५७ हजार ४६४ जना डिस्चार्ज भएका छन् । तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट १ लाख ८१ हजार १४३ जनाको मृत्यु भएको छ । त्यहाँ ६८ लाख ८० हजार ५९५ जना संक्रमित छन् । ब्राजिलमा कोरोना जितेर घर फर्किनेको संख्या ५९ लाख ६९ हजार ७०६ जना रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा संक्रमण पुष्टि भएको छ । भने थप १५ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ भने १ हजार ६८९ जनाको मृत्यु भएको छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ रहेको छ ।
प्रकाशित समय १३:०३ बजे

















