गृहपृष्ठ सरकारले बाचा पूरा नगरेपछि उखु किसानले थाले ‘निर्णायक आन्दोलन’
सरकारले बाचा पूरा नगरेपछि उखु किसानले थाले ‘निर्णायक आन्दोलन’
सरकारले गरेको बाचा पूरा नभएपछि उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि ‘निर्णायक’ आन्दोलन थालेका छन् । बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले रकम दिलाउन सहयोग नगरेको उनीहरूको गुनासो छ ।
यसपटकको आन्दोलनलाई उनीहरुले ‘निर्णायक’ बताएका छन् । किसानहरु ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सोनो छ देश, ठूलो छ सरकार अटेन किसान’ भन्ने ब्यानरसहित ‘किसान मार्न पाइँदैन’, ‘श्रम र पसिनाको मूल्य पाउँ’, ‘सरकार ! किसानलाई बाँच्न देऊ’, ‘उखुबाट चिनी बन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’ लगायतका नारा लेखेका पम्पलेटसहित प्रशर्नमा उत्रिएका हुन् ।
नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई पनि आफ्नो व्यथा सुनाउने लगायतका कार्यक्रम पनि आयोजना गर्ने तयारी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।


प्रकाशित समय १६:२९ बजे

















