गृहपृष्ठ सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशत : आईएमएफ

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशत : आईएमएफ

china_flag

कोभिड १९ को संकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ । आईएमएफले गरेको पूर्वानुमान यसअघि गरेको प्रक्षेपण (८.२ प्रतिशत) भन्दा सामान्य कम हो । कोरोनाभाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एकमात्र मुलुक बनेको छ ।

गत वर्ष पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदरमा समस्या देखिएको भए पनि विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भई उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो । आईएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भए पनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको छ ।

आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ । आईएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनः प्राप्तिलाई निरन्तरता दिइरहेको छ । चीनले कोभिड‑१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पु‑याएको छ ।

प्रकाशित समय ०६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु