गृहपृष्ठ आगामी निर्वाचनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल

आगामी निर्वाचनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल

election-commission-nirbachan-aayog

निर्वाचन आयोगले प्रतिनिधिसभाको आगामी निर्वाचनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल गरेको छ । आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीबीच निर्वाचनलक्षित स्वास्थ्य सुरक्षासम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने केन्द्रित रहेर छलफल भएको हो । सरकारले प्रतिनिधिसभाको आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

आयोगले उक्त निर्वाचनका सन्दर्भमा तोकिएको जिम्मेवारी र सम्पादन गर्नुपर्ने समयमा सम्पन्न गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई निर्देशन दिन गृहसहितका मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक सहयोग, सहकार्य र समन्वयका लागि मातहत कार्यालयहलाई निर्देशन दिन गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णण भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको संयोजकत्वमा बसेको मतदान स्थल तथा केन्द्र निर्धारण समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा आयोग, अर्थ (राजश्व), गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सहभागी थिए ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु