गृहपृष्ठ ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

trump-newskarobar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता भएको छ । डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार ट्रम्पमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा उनीहरूले महाअभियोग प्रस्ताव दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रस्तावमाथि बुधबार मतदान हुँदै छ ।

जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिने तयारी भइरहेको छ । डेमोक्र्याट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले अस्वीकार गरेका थिए ।

ट्रम्पविरुद्ध यसअघि पनि महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु