गृहपृष्ठ कोरोना संक्रमण नियन्त्रणका उपाय हटाउन हतार नगर्न डब्लुएचओको आग्रह

कोरोना संक्रमण नियन्त्रणका उपाय हटाउन हतार नगर्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियनत्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ । डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले त्यसैले संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुने बताएका हुन् ।

डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड- १९ संक्रमितको संख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको संक्रमण दर धेरै रहेको उनले उल्लेख गरे । ‘कोभिड- १९ संक्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ,’ उनले भने ।

यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसंख्यामा यस पहिले संक्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यस पहिले नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा संक्रमण पुनः फैलिनसक्ने जोखिम कायम रहने उनले बताए । डब्ल्यूएचओका अनुसार युरोपियन क्षेत्रमा रूस र धेरै मध्य एशियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् । (रासस)

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु