गृहपृष्ठ राष्ट्रिय महिला लिग : एपीएफको लगातार चौंथो जित
राष्ट्रिय महिला लिग : एपीएफको लगातार चौंथो जित
साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् । दोस्रो हाफमा सावित्राले थप दुई गोल गरिन् । आजको खेलमा ‘प्लेयर अफ दि म्याच’ चुनिएकी सावित्राको यो तेस्रो ह्याट्रिक हो ।
जितसँगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको यो पहिलो हार हो । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ ।

प्रकाशित समय १९:०४ बजे

















