गृहपृष्ठ म्यानमारका बैँक तथा वित्तीय संस्था अनिश्चितकालका लागि बन्द
म्यानमारका बैँक तथा वित्तीय संस्था अनिश्चितकालका लागि बन्द
म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको घोषणा सोमबार गरेका हुन् ।
बैंकहरूको कार्यालय बन्द भएपछि एटीएमले समेत काम नगरेको बताएको छ । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले एटीएमले काम नगरेको हुनसक्ने सञ्चारमाध्यमहरूमा उल्लेख छ ।
इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंकबाहेक अरु धेरै क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् ।
प्रकाशित समय ०७:३७ बजे

















