गृहपृष्ठ भारतको उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, डेढ सय मजदुर बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, डेढ सय मजदुर बेपत्ता

भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ । बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । १५० मजदुर बेपत्ता भएका छन् ।

नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका हुन् । नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन् ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु