गृहपृष्ठ नेप्सेमा ऐतिहासिक कारोबार, २५ सय नाघ्यो परिसूचक, ३६ कम्पनीको मूल्यमा उछाल

नेप्सेमा ऐतिहासिक कारोबार, २५ सय नाघ्यो परिसूचक, ३६ कम्पनीको मूल्यमा उछाल

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले २५ सय अंक पार गर्दा आइतबार बजारमा ऐतिहासिक कारोबार भएको छ । लघुवित्त समूह सर्वाधिक बढेको बजारमा नेप्से २५२४ अंकमा उक्लिएको छ भने १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ ।

बजार ४८.७४ अंकले बढ्दा बैँक, जलविद्युत र म्युचुअल फन्ड समूह भने घटेका छन् । लघुवित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । लघुवित्त समूह ७.७६ प्रतिशतले बढेको छ ।

आइतबार सातवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अरु २९ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लाग्ने कम्पनीहरू सबै लघुवित्त हुन् । डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स र गणपति माइक्रोफाइनान्सको सेयर मूल्यमा सर्किट लागेको हो ।

सर्वाधिक कारोबार हुनेमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैँकलगायत छन् ।

कारोबारको अन्त्यमा कुल बजार पुँजीकरण ३४ खर्बनजिक पुगेको छ । बजार पुँजीकरण ३३ खर्ब ९९ अर्ब ७२ करोड नाघेको हो ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु