गृहपृष्ठ भारतको उत्तराखण्ड बाढी : मृतक संख्या २७ पुग्यो, १७१ जना अझै बेपत्ता

भारतको उत्तराखण्ड बाढी : मृतक संख्या २७ पुग्यो, १७१ जना अझै बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको छ । अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ ।

बेपत्ताहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रातभर पनि सक्रिय थिए । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घाइतेहरुलाई भेट्न आइटीबीपी अस्पताल पुगेका छन् । उत्तराखण्डको जोशीमठमा आइतबार अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीसमेत प्रभावित भएका छन् ।

जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढी प्रभावित भएका हुन् । यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा अझै ३०-३५ जना फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम जारी रहेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु