गृहपृष्ठ कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा

कोरोना फैलिँदै गएपछि ग्रिसमा फेरि लकडाउन घोषणा

ग्रिसमा फेरि लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका हुन् ।

कोरोनाभाइरस महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै मंगलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ग्रिसका करिब आधा जनसंख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय संकट उत्पन्न नहोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।

लकडाउन घोषणा गरिएपछि त्यस क्षेत्रका सबै विद्यालय बन्द भएका छन् भने विद्यार्थी फेरि अनलाइन कक्षामा फर्किएका छन् । सेवा क्षेत्र पनि अनलाइन माध्यमबाट सञ्चालन गरिएको छ । ग्रिसमा नोभेम्बर ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो ।

लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले त्यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु