गृहपृष्ठ कोरोनाभाइरस संक्रमितको संख्या १७ प्रतिशतले घट्यो

कोरोनाभाइरस संक्रमितको संख्या १७ प्रतिशतले घट्यो

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या साताभरमा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ संक्रमित भेटिएको डब्लूएचओले जनाएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम हो । करिब १५ हप्ताअगाडि गत अक्टुबरपछिको सबैभन्दा कम संक्रमित अहिले नै भएको तथ्यांकमा उल्लेख छ ।

अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरूमा पनि संक्रमितहरुको संख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभर ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो । (रासस)

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु