गृहपृष्ठ जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन

जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन

सुनचाँदी व्यवसायको प्रवर्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको जेम्स एन्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झन्डै चार वर्ष निष्क्रिय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा काउन्सिल गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाका रुपमा कार्य गर्नेछ । यसको नेतृत्व चक्रीय प्रणालीअनुरुप हुने सहमति तीन महासंघबीच भएको छ । तत्कालका लागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिएका छन् ।

एक वर्षपश्चात नेतृत्व नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सम्हाल्नेछन् । त्यसपश्चात हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले सम्हाल्ने सहमति भएको छ । यो संस्थाको सक्रियतासँगै सुन तथा चाँदीको गरगहना र कारोबार, आपूर्ति एवं निर्यात प्रवर्धनका क्षेत्रमा कार्य हुने विश्वास लिइएको छ ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु