गृहपृष्ठ लिबियामा अल कायदलक्षित हवाई कारबाही सुरु

लिबियामा अल कायदलक्षित हवाई कारबाही सुरु

लिबियाको दक्षिणपूर्वी सहर बानी वालिदमा रहेका अल कायदा आतङ्ककारी समूह आबद्ध इस्लामिक मघरेब (एक्युआइएम) लाई लक्ष्य गर्दै अमेरिकी सुरक्षाबले हवाई कारबाही सुरु गरेको समाचार छ ।

अमेरिकी सुरक्षाबलले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा विगत लामो समयदेखि विद्रोहीहरुले हिंसा मच्चाएका छन् । बाजी वालिद शहरबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहको स्थानमा भएको उक्त कारबाही अमेरिकी सेनाको नेतृत्व र लिबिया सरकारको पनि सहभागीतामा रहेको जनाइएको छ ।
यस कारबाहीमा एक आतङ्ककारी मारिएका जर्मनी र अमेरिका आवद्ध कमाण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

(रासस/सिन्ह्वा)

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु