गृहपृष्ठ कर्णाली प्रदेशमा २८ अर्बको बजेट
कर्णाली प्रदेशमा २८ अर्बको बजेट
कर्णालीमा आगामी आर्थिक वर्षका लागि २८ अर्बको बजेट सार्वजनिक भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुक्रवार प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन् ।
मन्त्री ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट संसदमा प्रस्तुत गरे । जसअन्तर्गत पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख रहेको छ । यस्तै चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार विनियोजन गरिएको हो ।
यस्तै प्रदेश सरकारले वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री ज्वालाले बताए । उनका अनुसार प्रदेश सरकारलाई विषेश अनुदानबाट पाँच अर्ब प्राप्त हुने अनुमान गरिएको छ । त्यसबाट पनि अपुग हुने एक अर्ब आन्तरिक ऋणबाट परिचालन गरिनेछ । बजेटमा सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
प्रकाशित समय १७:२५ बजे
















