गृहपृष्ठ सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह
सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले गएका केही महिनायतादेखि दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधिबाट ठूलो संख्यामा नागरिक हताहत भएकोले ती गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेका हुन् ।
यस क्षेत्रमा पछिल्ला केही दिनयता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाही कडा पारिएको छ । जसका कारण यहाँका करिब २०० सर्वसाधारणले ज्यान गुमाएका छन् । सिरियामा भएका पछिल्ला कारबाहीबाट ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएकोप्रति पनि राष्ट्रसंघ प्रमुख चिन्तित बनेको उनका प्रवक्ता स्टेफन दुजारिकले बताए ।
महासचिव गुट्रेसले सरकारी सुरक्षा कारबाही भएको दक्षिणपश्चिम क्षेत्रलाई जोर्डन, रूस र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।
(रासस-एएफपी)
प्रकाशित समय २०:५८ बजे